चाणक्यका १२ प्रेरक प्रसंग

सुशासनको कुरा आउँदा पुरानो युगका चाणक्यलाई सबैभन्दा पहिला सम्झिने गरिन्छ । राज्य सञ्चालन गर्दा धेरै महत्वपूर्ण मानिने चाणक्यको सुशासन आजको समयमा आएर त्यतिनै महत्वपूर्ण छ ।

हरेक पटक भाषण गर्दा हाम्रा नेता, मन्त्री मुख्यमन्त्री र प्रधानमन्त्री यो शब्द भन्न छुटाँदैनन् । आखिर सुशासन के हो त ? सबैले बुझ्ने भाषामा भन्नु पर्दा सुशासन भनेको नीति, नियम र नैतिक मान्यतालाई अवलम्बन गरी संचालन गर्ने असल शासन भनेर बुझिन्छ ।

सुशासनले देशको आर्थिक, सामाजिक, राजनितिक र कुटनितिक क्षेत्रमा सुधार गर्नुका साथै विभेदमुक्त सेवाको प्रवर्द्धन गर्छ ।

कुनै पनि संस्थामा सुशासन कायम भएमा उक्त संस्थाको उत्पादकत्व बढ्नुका साथै सेवाग्राहीहरुले छिटो छरितो र गुणस्तरीय सेवा प्राप्त गर्दछन् ।

चाणक्यले सुशासन कायम गर्न दिएका उपदेशमा १२ वटा चर्चित भनाई छन् । 

–ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
–गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुँदैन ।
–जो अरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
–चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणमाथी दया गर्नुपर्दछ ।

–भोको भए पनि बाघले घास खाँदैन ।
–अधिक लोभ अधिपतनको कारण हो ।
–आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
–धनरहीत हुँदैमा कसैलाई पनि निर्धन मान्न सकिँदैन ।

–अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।
–सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
–मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?
–आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

एजेन्सी

 

Comments

Back to top