केही रोचक तथा अनौठा प्रसंग!

संसारमा सिर्जित हरेक चिज जसको सन्चालनको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सोचेका थियौ न सोच्न आवश्यक नै ठान्यौ । आफ्नो दैनिकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिई राख्दा पक्कै पनि काम  लाग्न सक्छन ।

१.  पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।

२. संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ।

३. स्याउ, आरु, बदाम, स्ट्रबेरी, चेरी, यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन ।

४. दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।

५. तपाईंले ख्याल गर्नुभएको छ कि छैन, बिश्व प्रख्यात कला “मोनलिसा” को चित्रमा परेली अर्थात् आँखिभौं नै छैन ।

६.औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।

७. अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।

८. संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो, जहाँ ३० लाख जना रोजगार छन् ।

९.मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।

१०. सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।

११. शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।

१२. पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।

१३. मह मात्र एक त्यस्तो खाना हो, जो सयौ बर्ष सम्म पनि सड्दैन ।

१४. छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।

एजेन्सी

Comments

Back to top