जब भारतले लुम्बिनीमा शैन्य आक्रमण गर्‍यो !

इसापूर्व छैटौँ शताब्दीसम्म पनि धनधान्य र कला, संस्कृतिले सम्पन्न थियो कपिलबस्तु राज्य अर्थात लुम्बिनी । उसको पतन दुर्भाग्यपूर्ण तवरले भएको थियो । यो राज्यको पतन ठूलो नरसंहार पछि भएको थियो ।

कविलवस्तु राज्यको छिमेकी रहेको कोशल राज्य (अहिले भारत)मा शुद्धोधनको शासनकालतिर प्रशेनजित नाम गरेका निकै शक्तिशाली राजाले राज गर्दथे । यिनी निकै शक्तिशाली भएको कारण कपिलवस्तु राज्यले उनीसँग घनिस्ट सम्बन्ध विस्तार गर्न लागेका थिए । तर पनि प्रारम्भिक कालदेखि नै रोहिणी नदिको पानीको बाँढेफाडको विषयलाई लिएर ती दुई राज्यका विचमा बेलाबखत तनावपूर्ण स्थिति देखा पर्ने गर्दथ्यो ।

त्यस्तैमा कोशलका नरेश प्रशेनजितले कपिलवस्तुकी राजकुमारीसँग विवाह गर्ने इच्छा व्यक्त गरेपछि शाक्य शासकहरुले उनीहरुलाई झुक्याएर नोकर्नीपट्टीबाट जन्मिएकी कन्याँ विवाह गरी पठाइदिए । त्यो कुरा थाहा पाएपछि प्रशेनजितका छोरा विरुद्धकले आफ्ना बाबुलाई गरेको अपमानको बदला लिने योजना बनाए।

रोहिणी नदिको पानीको बाँढफाडको विषयलाई लिएर उनले कपिलवस्तु राज्यमा आक्रमण गरे । त्यतिवेला शिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी त्यस क्षेत्रमा आएका कारण उनले विरुद्धनलाई सम्झाई बुझाई फिर्ता पठाए।

त्यसपछि पनि कयौँ पटक बुद्धले कपिलवस्तु आक्रमण गर्न दिएनन् । अन्ततः विरुद्धकले चौथो पटक कपिलवस्तु राज्यमा सशक्त आक्रमण गरे । उक्त आक्रमणमा परी करिव ७७ हजार मानिसको ज्यान गयो । बाँकी रहेको मानिसहरु भागेर ज्यान बचाए । कैयौं शाक्यहरुले किरातहरुको राज्य काठमाडौंमा शरण लिन पुगे । त्यतिवेलादेखि नै कविलवस्तु राज्य कोशल राज्यको अधिनस्त हुन गएको थियो ।

पछि पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कपिलवस्तुसहित कोशल राज्य पनि नेपालमा गाभेका थिए ।

एजेन्सी

Comments

Back to top