आईएमई पे सुपर वालेटमा 'सुपर बेनिफिट'

सुपर वालेटलाई परिचित गराएको आईएमई पेले नयाँ वर्ष  २०८१ का अवसरमा  सुपर वालेट प्रयोगकर्तालाई दर्जनभन्दा बढी नयाँ सुविधा दिने भएको छ ।

यस सुपर बेनीफिट प्याकेजमा आईएमई पे प्रयोगकर्ताले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा नि:शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बीमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा तुरुन्तै क्यासब्याक पाउने छन् । यसैगरी हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोड, केबलकारको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरि छ हजार रुपैयाँसम्मको क्यासब्याक पाउने आईएमई पेले जनाएकाे छ ।

आईएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको अवसरमा शुरुवात गर्न लागेएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले प्रयोगकर्तालाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताए । नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधा थप्दै आईएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको प्रमुख कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।

एजेन्सी

Comments

Back to top