अभियान लघुवित्तमा कर्मचारीको आवश्यकता

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले विभिन्न ७ पदका लागि ५६ जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृतका लागि ४ जना, सुपरभाईजरका लागि ९ जना, सुपरभाईजर–वरिष्ठ सहायकका लागि १ जना, वरिष्ठ सहायकका लागि ५ जना, सहायकका लागि ८ जना, कनिष्ठ सहायक पदका लागि ४ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा २५ जना गरी कूल ५६ जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति चैत २० गतेले १५ दिनभित्र लघुवित्तको इमेल ठेगानामा वा संस्थाको केन्द्रीय कार्यालय पनौती नगरपालिका ४, काभ्रेपलाञ्चोकमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Comments

Back to top