को हुन् भृकुटी ? कसरी भयो तिब्बतमा उनको विवाह ?

जब नेपाल चीनको विषयमा कुरा उठ्छ तब भृकुटीको नाम जोडिन्छ । प्राचीन कालदेखि नै नेपाल दुई बिशाल देशहरुको विचमा रहँदै आएको थियो । नेपालको परराष्ट्र नीति पनि दुई मुलुकका विचमा समान रहँदै आएको देखिन्छ ।

लिच्छबीकालका शासक अंशुबर्माको शासनकालमा भारतमा प्रसिद्ध शासक हर्षवद्र्धन र तिब्बतमा लुङ्ग चन् सोलनले शासन संचालन गरिरहेका थिए । ती दबै शासकहरु अत्यन्त शक्तिशाली थिए । ती राजाहरुले आ–आफ्नो राज्य विस्तारको नीति लिएका थिए ।

तिब्बतको साम्राज्य त्यतिवेला मंगोलियासम्म पुगेको थियो । त्यतिवेला नेपाल निकै ठूलो शंकटबाट गुज्रिएको थियो । यदी नेपालका शासक अंशुबर्मा हुँदैन थिए भने अहिले नेपालको अस्तित्व समाप्त भइसकेको हुने थियो । उनी निकै दुरदर्शी राजा थिए ।

उनले भारत र तिब्बतमा बैबाहिक सम्बन्ध कायम गरेर आफ्नो राज्य बचाउने जुक्ती निकाले । त्यसक्रममा तिब्बतका युवराज स्रोङ् चोन गम्पोसँग राज अंशुबर्माले छोरी भृकुटीको बिबाह गरिदिए । त्यसपछि तिब्बतसँग नेपालको राम्रो सम्बन्ध स्थापित भयो ।

विवाहपछि भृकुटीले अक्षोभ्य, मैत्रेय र तारादेवीका बौद्धधर्मसँग संबन्धित मूर्तिहरु लिएर तिब्बत गएकी थिइन । यी मूर्तिहरु तिब्बतको ल्हासा सहरको मध्यभागमा मन्दीर निर्माण गरेर राखिएका थिए । पछि नेपालकी राजकुमारी तिब्बतमा हरितताराले प्रशिद्ध हुन पुगेकी थिइन । जसले गर्दा नेपालप्रति तिब्बत ऋणी भएको थियो ।

यसले गर्दा त्यतिवेला नेपाल र भारतबिचको सम्बनध पनि राम्रो हुन गएको थियो । राजा अंशुुबर्माले आफ्नी बहिनी भागदेवीको विवाह पनि भारतका मौखरी बंशका राजा सुरसेनसँग गरिदिएका थिए । यसले गर्दा दुबैदेशले नेपालमाथि आक्रमण गर्न पाएनन् । नेपाललाई एक स्वतन्त्र राष्ट्रको रुपमा बचाइराख्न राजा अंशुबर्माको ठूलो भुमिका रहेको इतिहास रहेको पाइन्छ । एजेन्सी

Comments

Back to top