विश्वव्यापी मुद्दाहरूमा छलफल गर्दै युक्रेनका विदेशमन्त्री
आज युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्ना भारतीय समकक्षी एस जयशङ्करसँग नयाँ दिल्लीमा भेट गर्दैछन् ।
युक्रेनका विदेशमन्त्रीले ‘विश्वव्यापी मुद्दाहरूमा’ छलफल गर्न बिहीबार भारतको दुई दिवसीय भ्रमणमा छन् ।
उनले भारतका उपराष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि वार्ता गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भारतले अमेरिकासँग अधिक सुरक्षा सम्बन्धलाई अगाडि बढाए पनि युक्रेनमाथि आक्रमणका लागि रुसको स्पष्ट निन्दा गर्न सावधानी अपनाएको छ ।
नयाँदिल्ली र मस्कोबीच शीत युद्धको समयदेखिको सम्बन्ध रहेको छ र रुस अहिलेसम्म विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको मुलुक भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता बनेको छ ।
युक्रेनका विदेशमन्त्री कुलेबाले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगबारे छलफल गर्ने नयाँदिल्लीले बताएको छ ।
युक्रेनमाथि आक्रमणपछि करोडौँ ब्यारेल रुसी कच्चा तेल खरिद गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई सस्तोमा तेल उपलब्ध गराएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले यसै महिना पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिँदै र ‘विशेष’ सम्बन्धलाई विकसित गर्नका लागि सम्बन्धहरूलाई प्रवर्द्धन गर्न आफू उत्सुक रहेको बताएका थिए । एजेन्सी
Comments