रुसी राष्ट्रपति पुटिन चीन भ्रमणको तयारीमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को महिना चीन भ्रमणको तयारी गरेका छन्। रुसी समाचार एजेन्सी तासकाअनुसार पुटिन राष्ट्रपतिमा पाँचौँ पटक निर्वाचित भएपछि पहिलो विदेश भ्रमणको तयारीमा छन् ।

उनले अर्को महिना मे मा चीनको भ्रमण हुनसक्ने बताएको खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ पुगेको केही समयपछि पुटिनको पनि चीन भ्रमण हुन सक्ने सार्वजनिक भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको शुरुमा बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । चीनले यसमा आफ्नो तटस्थता दाबी गरे पनि रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा रहेको छ ।

एजेन्सी

Comments

Back to top