छत्तीसगढको बिजापुरमा भिडन्त, ६ माओवादी मारिएको दाबी

छत्तीसगढको बिजापुरमा शङ्कास्पद माओवादीसँगको भिडन्तमा ६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ ।  भिडन्त भएको स्थानबाट ठुलो सङ्ख्यामा हतियारसमेत बरामद भएको बीबीसी हिन्दीले जनाएको छ ।

ताल्पेरु नदीको किनारमा रहेको चिप्परभट्टी क्षेत्रमा माओवादीसँग कथित भिडन्त भएको बताइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला पनि छन् । प्रहरीका अनुसार मारिएका माओवादीको पहिचान खुलेको छैन् । हतियारका आधारमा प्रहरीले डेपुटी कमाण्डर पनि मारिएको अनुमान गरेको बीबीसी हिन्दीले जनाएको छ ।

Comments

Back to top