तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि चुक्ता पूँजी ८० करोड पुग्नेछ ।

Comments

Back to top