नेको इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको प्रधान कार्यालयको पुनर्बीमा शाखाका लागि २ जना सिनियर अफिसर र माथिल्लो तहमा कर्मचारी माग गरेको हो ।  

यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता एमबीए वा चाटर्ड अकाउन्टेन्ट गरेको हुनुपर्नेछ । बीमा तथा बैंकिङ क्षेत्रमा काम गरेकालाई पहिलो प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।  

यस्तै छनौटमा महिलालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम दिन फागुन २८ गते रहेको छ । 

Comments

Back to top