रूसका नवनिर्वाचित राष्ट्रपति पुटिनले मेको मध्यमा चीन भ्रमणमा गर्ने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन्।
क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ हुन सक्छ ? भन्ने अनुमान चलिरहेको बेला यो समाचार बाहिर आएको हो ।
पश्चिमी सरकारहरूले सोमबार पुटिनको पुनः निर्वाचितलाई अनुचित र अलोकतान्त्रिक भन्दै निन्दा गरेका छन्। तर चीन, भारत र उत्तर कोरियाले भने रूसी राष्ट्रपतिलाइ बधाइ दिएका छन् ।
रूसले सन २०२२ मा युक्रेनमा आक्रमण गरे पनि फराकिलो भूराजनीतिक रेखाहरूलाई पार गर्दै आफ्नो शासनको अवधि थप ६ वर्ष विस्तार गरेकोमा पुटिनलाइ बधाई दिएका हुन् ।
‘पुटिनले अब चाँडै चीन भ्रमण गर्नेछन्,’ स्रोतलाइ उधृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार सो भ्रमण सम्भवतः मेको दोस्रो सातावाट सुरू हुनेछ। पुटिनको चीन भ्रमण सीको योजनाबद्ध युरोप भ्रमण अघि हुन लागेको हो ।
क्रेमलिनलाई रोयटर्सको रिपोर्टर सोध्दा पुटिनको भ्रमणको जानकारी मिति नजिकै पुगे पछि जारी गरिने बताएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, ‘अहिले राष्ट्रपतिको भ्रमण र धेरै उच्च स्तरीय सम्पर्कहरू तयार भइरहेको छ, जब हामी नजिक पुग्छौं हामी तपाईंलाई सूचित गर्नेछौं।’
चीनको विदेश मन्त्रालयले तुरून्त टिप्पणीको लागि अनुरोध गरे पनि यसबारे कुन प्रतिक्रिया दिन चाहेन । चीन र रसियाले फेब्रुअरी २०२२ मा सीमा साझेदारीको घोषणा गरेका थिए । जब पुटिनले युक्रेनमा दशौं हजार सेना पठाउनु अघि बेइजिङको भ्रमण गरेका थिए, सो भ्रमण लगत्तै दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा घातक भूमि युद्ध सुरु भएको थियो।
Comments