नेप्सेमा आज पनि भारी अंकको पहिरो, आखिर कहिले रोकिएला ?

आज बुधबार ३०.२९ अंकले घटेर १.१९ % गिरावटको साथ नेप्से  २५१४.६५ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये  १९ कम्पनी उकालो लागेका छन्, १७१ कम्पनी ओरालो लागेका छन् र २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण घटेर रु ३५ खर्ब ६३ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 9, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३८८) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२४९९ ) भन्दा माथि आएर बन्द भएको छ भने बिक्रीकर्ता हाबी भएको देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -६२  ले तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -२४  भन्दा केहि बढेर आज  -२४.१४ अकंमा छ। एमएसिडी लाइन निरन्तर तलतिर लागेको  देखाएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -३८ मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ता हाबी भएको देखिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज पनि +१४ डिएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेर  तल लागेको  देखिएको छ । साथै  -१४ डिएमआई लाइन माथि नै लागेको  र सिग्नल लाइन तलतिर बाट +१४ डीएमआइ लाइनलाइ क्रस गरेर माथि लागेको  देखिएको छ जसले  ट्रेन्ड निरन्तरता दिने जस्तो देखाएको छ ।  -१४ डिएमआई लाईन माथितिर  फर्किएको देखिन्छ देखिन्छ जसले सेलिंग बढी भएको  जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिस क्यान्डल  बनाएको छ जसले  बजारमा  सेलिङ्ग बढी भएको जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 9, 2022

क्युमुलेटिभ एडी लाइन  -३०२९ देखि बढेर  -३१८१ मा आएको छ। नेप्सेको कुल भोल्युम ४४२००६८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (६३३९१५१)  को ७० प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २४९९ माथि क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -६२ मा पुगेको  छ र सिग्नल लाईन पनि जिरो लाइन तल -३८      मा  आएको छ भने हिस्टोग्राम -२४  मा रहेको छ ।

-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तलतिर नै   लागेको छ  र एडिएक्स लाइन +डी आइ लाइनलाइ क्रस गरेर माथितिर फर्किएको छ  जसले  ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा खरिदकर्ता भन्दा  बिक्रीकर्ताको  मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज २७.४४  मा आएको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २४८० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २५६० को एरिया रहेको देखिन्छ।

Comments

Back to top