स्वास्थ्य बीमा बोर्डले माग्यो १४३ जना कर्मचारी

स्वास्थ्य बीमा बोर्डले थुप्रै संख्यामा जनशक्ति पदपूर्ति गर्ने भएको छ। बोर्डले एक सूचना प्रकाशित गरी करार सेवामा कुल १४३ जना दर्ता अधिकारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवार १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

दरखास्त काठमाडौंको बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ। दरखास्त दस्तुर ५०० रुपैयाँ लाग्नेछ। उम्मेदवारले आवश्यक कागजातसहित चैत १६ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ।

 

Comments

Back to top