प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनसहित बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘विश्वासको मत पाउँ’ भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावको पक्षमा १५७ जना सांसदहरूले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन् । प्रस्तावको विपक्षमा ११० जना सांसदहरू उभिए । यस्तै १ सांसद तटस्थ रहे । आजको बैठकमा २६८ जना सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले पाएको यो तेस्रो विश्वासको मत हो । यसअघि उनले २०७९ पुस २६ गते पहिलोपटक र २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

Comments

Back to top