लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी

लोकसेवा आयोगले धेरै संख्यामा कर्मचारी दरखास्त आव्हान गरेको छ । आयोगले राजपत्र अंकित द्धितीय श्रेणीका पदहरुमा आ.प्र, खुल्ला र समावेशी प्रतियोगिता परीक्षाद्धारा पदपुर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरेको हो ।

आयोगले न्याय र प्रशासन सेवा अन्तर्गत पदपुर्ति गर्न लागेको हो । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनसक्ने छन् । ईच्छुक आवेदकले फागुन ३० गतेदेखि चैत २० गतेसम्म आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुरमा भने चैत २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

दरखास्त दस्तुर ५०० रुपैयाँ लागने जनाइएको छ । परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता गरी ३ किसिमबाट हुनेछ ।

Comments

Back to top