राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान हुँदै

राष्ट्रिय सभाको अध्यक्षका लागि आज निर्वाचन हुदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार प्रतिष्पर्धामा छन् । नयाँ बनेको सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा चुनावी मैदानमा छन् ।

गठबन्धनमा रहेका दलहरूमध्ये माओवादीसँग १६, एमालेसँग १०, एकीकृत समाजवादीसँग ८ र जसपासँग ३ सदस्य छन् । यसअनुसार नारायणको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छ ।

५८ सदस्यीय राष्ट्रियसभा (सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुन बाँकी) मा अध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । यसरी हेर्दा नारायणको पक्षमा स्पष्ट बहुमत देखिन्छ । यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन् ।

Comments

Back to top