नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षमा अगाडि सार्ने निर्णय गरेको हो ।
‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ’ बैठकमा सहभागी एक नेताले भने, ’फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति भएको थियो ।’
नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादीले उठाएको उम्मेदवारलाई भोट हाल्नुपर्ने गठबन्धनले यस अघि नै निर्णय गरिसकेको छ ।
Comments