पाकिस्तानले महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने
पाकिस्तानले महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने दाबी गरेको छ । प्रधानमन्त्री शाहबाज शरिफले सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्नका लागि कदम चाल्ने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
महिलाहरूको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने उनको भनाइ छ । महिलाको रचनात्मक भूमिकाविना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको पनि प्रधानमन्त्री शरिफले बताएको खबरमा उल्लेख छ ।
महिलाहरूका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ । अब महिलाहरूलाई राष्ट्रिय मूलधारमा समावेश गर्न कुनै कसर बाँकी नराख्ने सरकारले उल्लेख गरेको छ ।
Comments