नेपाल टेलिकमको सेयर कर्नरिंग गर्दै ५८ न. ब्रोकर, नियमनकारी मौन !

— रबिन सुबेदी

सेयरबजारमा लगानीकर्ताहरु कम्पनिको मूल्य र वित्तीय अवस्था हेरेर लगानी गर्छन् भने ट्रेडरहरु चाहिँ ब्रोकर कम्पनिलाई पनि निगरानीमा राखेर कारोबार गर्ने गर्दछन्। त्यस्तै नेप्से ओरालो लागिरहँदा  कारोबार पनि सुस्ताइरहेको छ। यसै सन्दर्भमा कुरा गर्दा ट्रेडरहरुले विभिन्न विश्लेषण तथा खोज गर्दा कुन ब्रोकरले कुन कम्पनी खरिद गरेको छ, कति रकम बराबरको खरिद गरेको तथा बिक्रि गरेको छ, कुन कम्पनीलाई खरिद गर्दै होल्ड गरेको छ भन्ने आधारमा आफ्नो लगानीलाई परिचालन गर्दछन्।

पछिल्लो समयमा नेप्से घट्दै जाँदा पनि नेपाल टेलिकमको मुल्य भने बढ्दै गएको छ। ठूलो ब्रोकर मानिएको तथा चर्चामा रहेको नासा सेक्युरिटिज (५८ न.) ब्रोकरले दैनिक जसो नेपाल टेलिकमको सेयर खरिद गर्दै मूल्य उचाल्दै लगेको छ। होल्डिङ्गका आधारमा हेर्ने हो भने उक्त ब्रोकरले यो वर्ष २०२२ को सुरुवातदेखि हालसम्म करिब दुई महिनामा १० लाख कित्ता भन्दा धेरै खरिद गरेर होल्ड गरेको देखिन्छ। यस  कम्पनीमा के हुँदै छ, वा केहि भित्रि खबरका आधारमा मूल्य वृद्धि गरिँदै छ यसको बारेमा भने सम्बन्धित निकाय मौन नै बसेको छ। 

त्यस्तै सेयर मूल्यका आधारमा हेर्दा २०२१ को अन्तिमसम्ममा नेपाल टेलिकमको करिब १२०० को आसपासमा रहेको सेयर मूल्य हाल १७०० को आसपासमा कारोबार भइरहेको पाइन्छ तर नेप्से परिसूचक लगायत् अन्य सबै कम्पनीका सेयर मूल्यमा भारी गिरावट हुँदा पनि नेपाल टेलिकमको मूल्य भने उचालेर ‘अल टाइम हाइ’ मा पुर्याएको देख्न सकिन्छ । यसरी दादागिरि देखाएजस्तो गरी सेयर कर्नरिंग गर्ने ब्रोकर कम्पनीलाई सरोकारवाला नियमनकारी निकायले किन छानबिन गर्न सक्दैन? कि सम्बन्धित निकायको मिलेमतोमा आन्तरिक खबरका आधारमा ब्रोकर ५८ले कारोबार गरिरहेको छ? कहिले सम्म यस्तो रहने हो ? अनि सोझा लगानीकर्ताहरुलाई उच्च मूल्यमा सेयर भिडाएर टोपी लगाइदिने दाउ पर्खेका हुन् कि ? कहाँ गए नो भोटका अभियानकर्ताहरु ? किन मौन छ लगानीकर्ता महासंघ ?

तसर्थ, नेपाल टेलिकम कम्पनीको अत्यन्तै सबल वित्तीय अवस्था भए पनि कृतिम तथा कर्नरिंग गरेर उचालिएको मूल्यमा खरिद गर्नु अगाडी बिचार पुराएर कारोबार गर्नु साथै यसको छानबिनको लागि सम्बन्धित निकायमा पहल गर्नु आम लगानीकर्ताहरुको उत्तरदायित्त्व हो।

Comments

Back to top