चीनमा हाइड्रोजनबाट चल्ने ४ सिटे विमानकाे उडान सफलतापूर्वक सम्पन्न

चीनमा हाइड्रोजन इन्धनबाट चल्ने विश्वकै पहिलो चार सिटे विमानले सफलतापूर्वक उडान सम्पन्न गरेको छ। विमानले उत्तरपूर्वी चीनको लियोनिङ प्रान्तको शेनयाङमा पहिलो उडान सम्पन्न गरेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

यो विमान चीनले आफैँ बनाएको हो । चीनले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने आफ्नो योजनामा हाइड्रोजन विमानको उडान सफल हुनुलाई महत्त्वपूर्ण कोशेढुङ्गाकाे रूपमा लिएको जनाएको छ । उडानमा पर्याप्त शक्ति, उत्कृष्ट गति र निकै कम कम्पन तथा आवाज आएको पाइलटले उल्लेख गरेका खबरमा उल्लेख छ ।

यो विमानले अरू विमानजस्तै उडान गर्ने र सामान्य विमानस्थल नै उडान अवतरणका लागि पर्याप्त हुने पनि जनाइएको छ । हाइड्रोजन ग्यास चुहावट र यसबाट हुने सम्भावित विस्फाेटहरू रोक्न सबै खालका सुरक्षा उपकरण राखिएको छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानले अरू विमानको तुलनामा ४० प्रतिशत कम कम्पन उत्पन्न गर्ने र यसले पाइलटलाई धेरै नै सजिलो हुने विमान निर्माणमा संलग्न इन्जिनियरहरूले बताएका छन् ।

हाइड्रोजन सबै प्रकारका ऊर्जाभन्दा स्वच्छ र मूल्यवान् छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानको कार्बन उत्सर्जन लगभग शून्य नै रहने खबरमा उल्लेख छ ।

Comments

Back to top