टर्की संसदद्वारा स्वीडेनको नाटो प्रस्ताव अनुमोदन
टर्कीका सांसदहरूले नाटोको ३२ औं सदस्य बन्ने स्विडेनको प्रश्तावमा लामो समयदेखि ढिलाइ भएको विधेयकलाई अनुमोदन गरेका छन् । टर्कीको संसदले ग्राण्ड नेशनल एसेम्बलीमा बहसपछि विधेयकमा मतदान गरेको थियो ।
मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए । जसमा पक्षमा २८७, विपक्षमा ५५ मत थियो । चार मत अनुपस्थित रहेको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले केही दिनभित्रै उक्त विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
टर्कीको संसदको अनुमोदनलाई स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले स्वागत गरेका छन् । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान शुरु गरेपछि स्वीडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।
Comments