अमेरिकाको बजेट घाटा आधा ट्रिलियन डलर

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकी बजेट घाटा आधा ट्रिलियन डलरभन्दा माथि पुगेको छ । ट्रेजरी विभागले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि डिसेम्बरसम्म बजेट घाटा पाँच सय १० बिलियन अमेरिकी डलर छ । डिसेम्बर माहिनामा मात्र एक सय २९ दशमलव चार बिलियन अमेरिकी डलरबराबरको बजेट घाटा देखिएको छ । जुन एक वर्षअघिको तुलनामा ५२ प्रतिशत बढी हो । घाटामा भएको उछालका कारण अमेरिकाको सरकारी ऋण ३४ ट्रिलियन डलर पुगेको छ ।

आर्थिक वर्ष २०२३को पहिलो त्रैमासिकमा खर्च र प्राप्तिबीचको भिन्नता चार सय २१ दशमलव चार बिलियन डलर थियो । बजेट घाटाको यो गति जारी रह्यो भने यो वर्ष दुई ट्रिलियनभन्दा बढीको घाटा पुग्ने अनुमानहरु गरिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐनले मूल्य घटाउनुका साथै बजेट घाटा सयौँ अर्ब कम हुने बाइडेन प्रशासनले दाबी गर्दै आएको थियो ।

Comments

Back to top