कर्मचारीहरूको हडतालका कारण इबेरियाको ४०० भन्दा बढी उडान रद्द

आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु भएको छ ।

स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँगको वार्ता बिना कुनै सम्झौता बुधबार राति समाप्त भएपछि इबेरियाले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू रद्द हुँदा एयरलाइनको कम लागतको इबेरिया एक्सप्रेस र यसको क्षेत्रीय एयरलाइन एयर नोस्ट्रमलाई पनि प्रभावित बनाउने छ, यसबाट ४५ हजारभन्दा धेरै यात्री प्रभावित हुनेछन् ।”

इबेरियाका कर्पोरेट निर्देशक जुआन सिएर्कोले हडतालबाट यात्रीहरूलाई ‘धेरै महत्त्वपूर्ण’ अवरोध हुने उल्लेख गर्दै अन्तिम समयमा रद्द गरिएको भए पनि उडानहरूलाई पुनःतालिका बनाउन असम्भव हुने बताए ।

 

 

Comments

Back to top