तराईमा हुस्सु लागेसँगै सडक दुर्घटना बढ्यो
तराईमा हुस्सु लागेसँगै सडक दुर्घटना बढ्न थालेको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बसले साईकलयात्रीलाई ठक्कर दिँदा आज विहान एक व्यक्तिको मृत्यु भएको छ ।
बुटवलको मिलनचोकमा भएको करिब ४० वर्षीय पुरुषको मृत्यु भएको हो । बससले ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ ।
Comments