नेपालमा इपिएसबारे भएको विवादप्रति कोरियाको गम्भीर चासोसँगै चिन्ता

नेपालमा भाषा परीक्षाबारे भएको विवादप्रति कोरिया सरकारले चासोसँगै चिन्ता व्यक्त गरेको छ ।

नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोली मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेर इपिएसबारे पछिल्लो समय भएको विवादप्रति चासो र चिन्ता व्यक्त गरेको हो ।

टोलीले शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत पनि गराएको छ ।

कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरुलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ । यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो ।

Comments

Back to top