नाइजर आक्रमणमा ११ गाउँलेको मृत्यु
नाइजरको बुर्किना फासोसँग सीमामा रहेका दुई गाउँमा संदिग्ध जिहादीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार बताएको छ ।
‘धेरै मोटरसाइकलमा आएका आतङ्कवादीहरू बैंकिलारेबाट करिब ३० किलोमिटर दक्षिणपूर्वी आमरा र आउडजी गाउँमा प्रवेश गरेका थिए, त्यहाँ उनीहरूले नागरिकमाथि आक्रमण गरी ११ जनाको हत्या गरे’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
नाइजेरियाई रक्षा तथा सुरक्षा बलले शुक्रबार ‘बहु हवाई–स्थल आक्रमण’ गरेपछि यो हत्या भएको हो । सुरक्षा बलको आक्रमणपछि मन्त्रालयले यसबाट आतङ्कवादीहरूको सञ्चार च्यानल ‘केही पनि नरहेको’ बताएको थियो ।
नाइजरमा सैन्य विद्रोहपछि जुलाईदेखि सेनाले शासन गर्दै आएको छ । डिसेम्बर १७ मा सैन्य विद्रोहका नेता तथा शासक जनरल अब्दुरहामाने तियानीले मुलुकको सुरक्षा स्थिति ‘प्रगतिशीलरूपमा सामान्य’ भइरहेको भन्दै शान्ति व्यवस्था कायम गर्न सेनाले ‘धेरै सफलता’ हासिल गरेको बताएका थिए ।
सैन्य तथा स्थानीय स्रोतका अनुसार पछिल्ला केही सातामा बुर्किना फासो र मालीको सीमासँग जोडिएका क्षेत्रमा अपेक्षाकृत शान्ति देखिएको छ । यी क्षेत्रमा यसअघि बारम्बार जिहादी आक्रमणको खतरा थियो ।
Comments