सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट ‘स्वतः अलग’ भए
जिल्ला अदालत काठमाडौँले बलात्कारमा दोषी ठहर्याएका सन्दीप लामिछाने राष्ट्रिय टिमबाट स्वतः अलग भएका छन् ।
नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।
अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौँ जिल्ला अदालतले सजाय तोक्ने छ ।
यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।
Comments