फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णय खारेज

फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णय खारेज भएको छ ।

सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय खारेज गरिदिएको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको उक्त निर्णय बदर गरेको हो ।

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो ।

प्रचण्ड प्रधानमन्त्रीत्वको सरकारले गत वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

Comments

Back to top