विमान आधुनिकीकरणमा जर्मन एयरलाइन्स लुफ्थान्साको तीव्रता

आफ्ना विमानहरूको आधुनिकीकरण गरिरहेको जर्मन एयरलाइन्स लुफ्थान्साले करिब नौ अर्ब डलरमा बोइङबाट ४० र एयरबसबाट ४० विमानको अर्डर गरेको मङ्गलबार बताएको छ । 

बोइङ विमान ७३७-८ एमएएक्स र एयरबस विमान ए२२०-३०० मोडेलको हुने एयरलाइन्सले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

लुफ्थान्सा बोर्डका सदस्य डेटलेफ केसरले भने, “हामी हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा ठूलो विमान आधुनिकीकरणमा तीव्रता दिइरहेका छौँ ।”

एयरबसका विमानको प्रयोग लुफ्थान्साको नयाँ क्षेत्रीय वाहक सिटी एयरलाइन्सले गर्ने उद्देश्य राखेको छ । सिटी एयरलाइन्स सन् २०२४ को गृष्ममा सञ्चालन सुरु हुनेछ । 

सन् २०२६ मा पहिलो वितरण गरिने ती विमानलाई फ्र्याङ्कफर्ट र म्युनिखबाट छोटो दूरीका मार्गमा परिचालन गरिने छ । 

पहिलो डेलिभरी सन् २०२७ मा हुने बोइङ विमानको प्रयोग छोटो र मध्यम दूरीका मार्गमा गर्न सकिनेछ । 

लुफ्थान्सा समूहका कुन एयरलाइन्सले विमानहरूको प्रयोग गर्ने हो भन्नेबारेमा कुनै अन्तिम निर्णय लिइएको छैन । 

समूहका वाहकहरूमा लुफ्थान्सा, युरोविङ्ग्स, अस्ट्रियन, स्विस र ब्रसेल्स एयरलाइन्स रहेका छन् । 

Comments

Back to top