सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा एघारौँ तहका प्राविधिक कर्मचारीका लागि बढुवाको दरखास्त खुल्यो

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा एघारौँ तहका प्राविधिक कर्मचारीहरुको बढुवाका लागि आवेदन माग गरेको छ ।

प्रदेश लोक सेवाले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्न लागेको हो । सम्भाव्य उम्मेदवारहरुले पुस २२ गतेसम्म दरखास्त भर्न सक्नेछन् भने दोब्बर दस्तुर तिरेर पुस २९ गतेसम्म दरखास्त बुझाउन सक्ने आयोगको प्रदेश कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको पहिलो दिनलाई अन्तिम दिन मानिने बताइएको छ ।

Comments

Back to top