लोकसेवा आयोगद्वारा अधिकृत पदका लागि धेरै संख्यामा दरखास्त आब्हान

लोकसेवा आयोगले अधिकृत पदका लागि धेरै संख्यामा दरखास्त आब्हान गरेको छ । आयोगले एकैपटक ३८१ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो ।

आयोगले निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जना माग गरेको छ । दरखास्त दिने अन्तिम दिन पुस १७ गते रहेको छ । यद्धपी पुस २४ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

Comments

Back to top