डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले ब्यवस्थापन प्रशिक्षार्थीका लागि केहि सख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमति पत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति मंसिर २७ गतेले १५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

 

Comments

Back to top