नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधबार बिहान १० बजे आइपीओ बाँडफाँडको तयारी गरिएको छ ।

कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७५६ जनाले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताको लागि आवेदन दिएका छन् । जसमा भाग्यमानी १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको यस कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

Comments

Back to top