नेप्सेमा १० अंकको गिरावट, १ अर्ब ५४ करोडको कारोबार!

सेयर बजारमा गिरावटको क्रम मंगलबार पनि जारी नै रह्यो। आज नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९२ कम्पनीको कुल ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६२ कम्पनीको सेयर मूल्य बढेको छ, १६१ कम्पनीको मूल्यमा गिरावट छ भने, १४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.५३% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा माउन्टेन इनर्जी नेपला लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोडको २९ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top