मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड गरिने तय भएको हो ।

मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन्। बाँकी १२ लाख ८ हजार १५४ जनाको भने हात खाली हुनेछ। कम्पनीले सेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

 

Comments

Back to top