नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकममा भने वृद्धि!

सोमबार सामान्य अंकले नेप्से ओरालो झरेको छ। आज नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९२ कम्पनीको कुल ३८ लाख ९६ हजार २८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ, १०९ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समाज लघुवीत्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०६% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलप्मेन्ट लिमिटेड र माउन्टेन इनर्जी लिमिटेड रहेका छन् जसको सेयर मूल्य ९.९९% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ४६ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top