नेप्से इन्ट्राडे अपडेट: ०.३३ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.३३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ०.३३ अङ्कले बढेर १८५१.५६ मा आएको हो। २७० कम्पनीको १,४६९,५५७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५० करोड १७ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ६.०४% वृद्धि भएको छ भने टप लुजरमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलप्मेन्ट लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ।

Comments

Back to top