लाभांश प्रस्तावसहित नेपाल हाइड्रोले बोलायो साधारण सभा

नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश प्रस्तावसहित १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल–काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

कम्पनीका अनुसार सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत अर्थात १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश वितरण गर्न विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नुका साथै वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्ताव रहेको कम्पनीले उल्लेख गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुरुप मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी कम्पनीको उक्त साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश लिन योग्य हुनेछन् ।

Comments

Back to top