अन्तिम कारोबार दिन १८ अंकले घट्यो नेप्से, २०१ कम्पनीको सेयर मूल्यमा गिरावट!

अन्तिम कारोबार दिन पनि नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८९ कम्पनीको कुल ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको छ, २०१ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.६३% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा विजया लघुवित्त वित्तीय संस्था, माउटेन इनर्जी लिमिटेड र यूनाइटेड आइडीआइ मार्दी आारबी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोडको ६७ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top