नेपाल वेयरहाउजिङ्गको आईपीओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपीओमा १२ लाख बढीले आवेदन दिएका छन् । सिडिएसको अनुसार आइपीओमा अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

 

Comments

Back to top