बुधबार नेप्सेमा १७.९३ अंकको गिरावट, कारोबार रकम १ अर्ब १ करोड !

बुधबार पनि नेप्सेमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८५ कम्पनीको कुल ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर १ अर्ब १ करोड ४१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ, १९० कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.८८% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोडको २८ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top