बुधबार सेयर बजारमा २०.६७ अंकको वृद्धि!

बुधबार सेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९४ कम्पनीको कुल ४२ लाख १३ हजार २८५ कित्ता सेयर १ अर्ब ७ करोड ७० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ, ४० कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.१५% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडको ७६ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधरमा सबैभन्दा धेरै प्राइम कर्मसियल बैँकको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top