नेप्से इन्ट्राडे अपडेट: ७.१५ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.१५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ७.१५ अङ्कले बढेर १८३६.८० मा आएको हो। २७७ कम्पनीको १,५११,५१० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४१ करोड ६० लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा सोनापुर मिलरल्स एण्ड आयल लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ६.०७% वृद्धि भएको छ भने टप लुजरमा सयपत्ररी हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.१३% ले घटेको छ।

 

 

Comments

Back to top