मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि मङ्सिर ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

Comments

Back to top