मंगलबार सेयर बजारमा २३.८२ अंकको गिरावट!

मंगलबार सेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.८२ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८५ कम्पनीको कुल ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड ४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ, २०१ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.१३% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा माथिल्लो मैलुङ खोला जलविद्युत रहेकाे छ जसको सेयर मूल्य ९.९४% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ७८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधरमा सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डको कारोबार भएको छ।

Comments

Back to top