भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, २ लाखले पाए १० कित्ता शेयर

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो।

आइपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा आवेदन ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको शेयर पाएका छन्। यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

Comments

Back to top