तिहारको पछिको पहिलो कारोबार दिन नेप्सेमा सामान्य अंकको वृद्धि!

सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८४ कम्पनीको कुल ३३ लाख १९ हजार ५५८ कित्ता सेयर १ अर्ब ९ करोड ९३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ, १३ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था रहेको छ जसको सेयर मूल्य ९.९८% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा फरवार्ड माइर्कोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्ररी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ३६ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधरमा यसदिन सोनापुर मिनिल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ।

Comments

Back to top