प्रिओपन सेसनमा नेप्सेमा ०.२० अंकको वृद्धि !

तिहारको पछिको पहिलो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से ०.२० अंकले बढेको छ l

नोभेम्बर ९ मा ११.८५ अंकले घटेर १८५२.०८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५२.२८ मा खुलेको हो। कुल २,३७७ कित्ता सेयरको खरिदबिक्री करिब ९ लाख २१ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २१ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा बने परिवर्तन छैन।

यस अवधीमा कुल ४८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top