अपर तामाकोशीको नाफा ३ अर्ब ७१ करोड

अमर तामाकोशीको नाफा १ अर्ब नाघेको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

चालु आवको पहिलोा त्रैमासमा कम्पनीले १ अर्ब ७२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २६.२६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

राष्ट्रिय गौरवको आयोजना समेत रहेको अपर तामाकोशी गत असार मसान्तसम्ममा भने ४ अर्ब ८ करोड ९१ लाख ९२ हजार रुपैयाँ ऋणात्मक थियो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले बिद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, चालु आवको समिक्षा अवधिमा आइपुग्दा कम्पनीको यस्तो आम्दानी भने साढे १५ करोडले बढेर ३ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

Comments

Back to top